७ वैशाख २०८१ शुक्रबार
समाज

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

काठमाडौं- अनामनगर विस्फोटमा घाइते हुने रवीन्द्र केसी नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। उनी अनामनगरस्थित साथीको डेरामा पुगेको समयमा विस्फोट भएको थियो। मृतकको पहिचान हुन नसके पनि उनकै साथी भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए। केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

विप्लव समूहले सोमबार आयोजना गरेको नेपाल बन्दको तयारीको क्रममा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। विस्फोट भएको स्थानमा विप्लव समूहको पर्चा समत भेटिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App