coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजधानीमा बिस्फोट : मृतक चारै जना विप्लवका कार्यकर्ता, कोटेश्वरबाट ७ जना पक्राउ (अपडेट)

काठमाडौं– राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे।

यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा बिस्फोट हुँदा १ जनाकाे मृत्यु भएकाे थियाे। 

काठमाडाैंका प्रहरी प्रवक्ता डिएसपी हाेबिन्द्र बाेगटीका अनुसार मृतककाे सनाखत हुन सकेकाे छैन्। अनामनगर र सुकेधारा घटनाका अन्य घाइतेका उपचार भइरहेकाे छ। 

मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएकाे नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पाेखरेलले जानकारी दिएका छन्।  

काेटेश्वरबाट ७ जना पक्राउ

यसैबीच घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७६ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App