७ वैशाख २०८१ शुक्रबार
समाज

हत्या आरोपी २० वर्षपछि पक्राउ

२० वर्षपछि पक्राउ परेका हत्या आरोपी हर्खबहादुर दर्लामी ।

सुर्खेत– सुर्खेत प्रहरीले २० वर्षअघि साटादानीको साँझेचौर जंगलमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी प्रदीप क्षेत्रीका अनुसार २०५६ कात्तिक चार गते तत्कालिन साटाखानी गाविस–७ स्थित साँझेचौर जंगलमा चन्द्रबहादुर राईको हत्या भएको थियो।

हत्यापछि फरार रहेका हर्खबहादुर दर्लामीलाई २० वर्षपछि प्रहरीले बिहीबार लेकवेशी नगरपालिका–९ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो। डिएसपी क्षेत्रीका अनुसार लुटपाटका क्रममा भएको आक्रमणमा राईको मृत्यु हुनुका साथै हर्खबहादुर दर्लामी घाइते भएका थिए।

घटना लगत्तै मृतकका बुवा धनबहादुर राईमगरले हर्खबहादुरविरुद्ध किटानी जाहेरी दिएका थिए। ‘फरार अपराधीहरु खोज्ने क्रममा हर्खबहादुर केही समयदेखि घरमा आएर लुकेर बसेको सूचना प्राप्त भयो’ डिएसपी क्षेत्रीले भने, ‘सोही सूचनाका आधारमा घर घेरा हालेर खानतलासी गर्दा फेला पा-यौं।’ प्रहरीले पक्राउ गरेका हर्खबहादुरलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७६ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App