१६ चैत्र २०८० शुक्रबार
समाज

छात्रालाई रजस्वला स्वच्छता र शिक्षाबारे प्रशिक्षण

काभ्रे– जिल्लाको पनौती नगरपालिकामा छात्राहरुलाई रजस्वला स्वच्छता र शिक्षा तालिम प्रदान गरिएको छ। 

‘वीमन लिड’ नामक संस्थाले पनौती २ स्थित कुशादेवी माध्यामिक विद्यालयमा एक सयभन्दा बढी छात्रा तथा ५ जना शिक्षिकालाई रजस्वला स्वच्छता र त्यसका अभ्यास र प्रभावबारे प्रशिक्षण दिइएको थियो।

शशी कंडेलको नेतृत्वको वोमन लिड समूहले पुनः प्रयोग गर्न मिल्ने घरेलु (टालो) सेनेटरी प्याड बनाउन सिकाएको थियो। साथै नाटक मन्चनको सहयोगमा विद्यार्थीमा रहेको महिनावारिको भ्रम चिर्ने प्रयास गरिएको थियो। कार्यक्रममा विद्यालयलाई केही प्याडका साथै सेनेटरी सामग्री हस्तान्तरण गरिएको टिमका  युवा अभियन्ता समुन्द्र तिमल्सिनाले बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद भुजुले प्रशिक्षणबाट विद्यार्थीमा चेतनाको स्तर बढेको विश्वास लिँदै आगाम दिनमा पनि प्रशिक्षण दिन आग्रह गरे। 

पनौती ३ का वडाध्यक्ष किशोर थापाले कार्यक्रम प्रंशसनीय रहेको भन्दै छात्रालाई आवश्यक पर्ने शिक्षा प्रदान गरेकोमा धन्यवाद दिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App