१६ चैत्र २०८० शुक्रबार
समाज

सात पत्रकारलाई रोटरी जर्नो अवार्ड

काठमाडौं – नागरिककर्मी पवित्रा सुनारसहित सात पत्रकार रोटरी जर्नो अवार्ड–२०१९ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक नेपाल–३२९२ ले नेपाल पत्रकार महासंघ र अन्य संस्थाहरूको समन्वयमा जनही २५ हजार रुपैयाँ राशिसहित उनीहरू पुरस्कृत भएका हुन्। रोटरीले सन् २०१२ देखि हरेक वर्ष आफूले सेवा पु¥याउँदै आएका क्षेत्रमा कलम चलाउने नेपालका पत्रकारहरूलाई सात विधामा सो अवार्ड प्रदान गर्दै आएको छ।

महिला र विकासमा नागरिक दैनिककी संवाददाता सुनार, शिक्षामा एडु खबर अनलाइनका श्रीधर पौडेल, स्वास्थ्यमा कान्तिपुर दैनिकका अतुल मिश्र, पर्यावरणमा कान्तिपुरकै संवाददाता लीला श्रेष्ठ, आर्थिक र सामुदायिक विकासतर्फ क्यापिटल म्यागेजिनका लोकबहादुर चापागार्इं, मूलधारको पत्रकारितातर्फ रेडियो रसुवाकी समाचार प्रमुख अनिता आचार्य र राष्ट्रिय समाचार गृहमा द राइजिङ नेपालका कृष्णमुरारी भण्डारी पुरस्कृत भएका थिए।

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App