coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुरमा विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण !

भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रति विद्यार्थी पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

भक्तपुरको कालिघाट व्यासीस्थित बासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा नगर प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्न छात्र छात्राहरूलाई आकर्षित गर्न नगरपालिकाकोतर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको पनि बताए। प्रजापतिले नगरपालिकाले कुनै व्यक्ति विशेषको निम्ति नभई सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने सोचले अगाडि बढिरहेको धारणा राखे।

कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति विद्यालयले निरन्तर विद्यार्थी केन्द्रित गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताए। स्कुलकी प्राचार्य अम्बिका न्याइच्याइँले नयाँ शैक्षिक सत्र २०७६ सालमा एक सय ८० जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी गराइन्। भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रमा व्यवस्थित ढंगले अगाडि बढाइरहेको बताए।

प्रकाशित: १० जेष्ठ २०७६ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App