coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कराेडाैँ भारतीय रूपैयाँसहित तीन पाकिस्तानी पक्राउ

काठमाडाैँ - करोडौँ भारतीय रूपैयाँसहित तीन पाकिस्तानीलाई प्रहरीको सहयोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले पक्राउ गरेका छन्। भन्सार कार्यालयका कर्मचारीहरूले उनीहरूलाई झन्डै चार करोड भारतीय रूपैयाँसहित पक्राउ गरेका हुन्।

कर्मचारीहरूले चेकजाँचको क्रममा उक्त रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छन्। उनीहरू कतारको दोहाबाट नेपाल आएका हुन्। अहिले बरामद भएको रकम सक्कली वा नक्कली के हो भन्ने पहिचान हुन सकेकाे छैन। थप विवरण आउन बाँकी छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App