coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

प्रहरीले सार्वजनिक गरेको लुटेरा समुह। तस्बिरः कमलेश ठाकुर/नागरिक

धनुषा– जनकपुरधाम उप–महानगरपालिका–८ स्थित बिहार कुण्डको एक मन्दिर लुटनु पूर्व प्रहरीले लुटेरा समुहलाई पक्राउ गरेको छ। लुटेरा समुहले जानकी बिहारका महन्थ नारायण शरणको वासस्थानमा नगद र सुन चाँदी लगायत लुटने उद्देश्यले जाने क्रममा प्रहरीले सुचनाको अधारमा पक्राउ गरेको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुटिनबाट जोगाएको बताए। डाँका समुहका ८ जना भारतीय लुटेरालाई प्रहरीले लुटनु भन्दा पूर्व नियन्त्रणमा लिएको छ।

प्रहरीले सुचना पाएपछि डाँकाको चोरी गर्ने स्थानमा सक्रिय भएर खटिएको थियो। प्रहरीले घेरा लगाएर डाँका समात्न तयारीमा रहेको देखेर डाँका समुह र प्रहरीबीच फायरिङसमेत भएको थियो। सूचनाको आधारमा गएराति ९ः१५ बजेको समयमा प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले डाँकालाई घेरा हाली नियन्त्रणमा लिइएको जनाइएको छ। नियन्त्रणमा लिन खोज्दा डाँकाहरूले हतियार फायर गरी भाग्ने क्रममा प्रहरीका तर्फबाट समेत फायर हुँदा भारत विहार प्रदेशको समस्तीपुर जिल्ला बस्ने २४ वर्षीय रवि मलिक डोम गोली लागी घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचार भइ रहेको छ।

घटनास्थलबाट घाइतेसहित सात जनालाई नियन्त्रणमा लिइएको र लभ्ली होटलमै बसेर वारदातपछि स्कुटर चढी फरार भएका भारत विहार मधुवनी साहरघाटका ३८ वर्षीय पप्पु भन्ने सञ्जयकुमार साह सुमनलाई महोत्तरी जिल्लाको मटिहानीबाट पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

 प्रहरीले मल्लिकसहित समस्तीपुर जिल्लाकै सिमरी–८ बस्ने २० वर्षीय सहील रजक, पटौरी–३ बस्ने २४ वर्षीय अजितकुमार सिंह, भगवानपुर चक्सीव–४ बस्ने २८ वर्षीय सुजित राय, महोदीनगर–६ का ३० वर्षीय अमितकुमार सिंह, सोही ठाउँको वडानम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी जिल्ला साहरघाट ८ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र साहरघाट वडानम्बर ८ का ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमनलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

लुटेराहरुको साथबाट मेड इन यूएसएको एक थान पेस्तोल, एक थान म्यागेजिन, २ थान गोली, १ थान खोका, चेम्बरमा गोली लोड रहेको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली, १ थान खुकुरी, ३ थान मोवाइल, १ थान आधार कार्ड, मोवाइलको व्याट्री एक थान र गाडीको कार्ड १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।
 

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App