४ वैशाख २०८१ मंगलबार
समाज

जुवा खालबाट आठ जना पक्राउ

विराटनगर– जुवा खेलेको आरोपमा विराटनगर–१६ बाट ८ जना पक्राउ परेका छन्।

मंगलबार बेलुका विराटनगर–१६ स्थित कैलाश डंगोलको घरबाट ७ बुक तास, ६३ हजार ५ सय ७५ रुपैयाँ र १ हजार ३ सय भारतीय रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा विराटनगर–१४ का विशाल बानियाँ, सन्तोष सहनी र अमर लिम्बू छन्। यस्तै विराटनगर–१५ का वसन्त राई, पुरुषोत्तम साह, बलराम साह, विराटनगर–१६ का कैलाश डंगोल र पुरण डंगोल छन्।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी मुलुकी अपराध ऐन २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App