coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धान रोप्न मन्त्री खेतमा पसेपछि...

डोल्पा– कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी धान रोपाइँमा सरिक भएकि छिन्। त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा बाटोमा धान रोप्दै गरेको देखेपछि एक अवसरको रुपमा लिँदै रोपारहरुसँगै धान रोप्न खेतमा पसेकी थिइन्।

उनले लोपउन्मुख रैथाने बालीको संरक्षण गर्न परम्परागत खेतीको पनि उत्तिकै महत्व रहेको बताइन्। कृषि मन्त्रीनै साडिसँगै धान रोप्न हिलोमा डुबेपछि स्थानीय महिलाहरु अचम्मित भएका थिए।

पाँच बर्षभित्र डोल्पाका नाङ्गा डाँडापाखा हरियाली
पाँच वर्षभित्रै डोल्पाका सम्पुर्ण नाङ्गा डाँडापाखाहरु फलफुलले हरियाली बनाउने मन्त्री केसीले बताएकी छन् । उनले डोल्पामा फलफुल र पशुपालनको प्रचुर सम्भाबना भएको बताउँदै जताकतै देखिने खाली नाङ्गा डाँडापाखाहरुमा स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग समन्वय गरेर स्याउ, ओखर, कागतीलगायतका फलफुल रोप्दै पाँच वर्षभित्रै हरियाली बनाउने योजना बनाइने बताएकी हुन्। सदरमुकाम दुनैमा आयोजना गरिएको कृषि योजना तर्जुमा गोष्ठिमा सहभागिता जनाउन डोल्पा पुगेकी मन्त्री केसीले त्रिपुराकोटमा सञ्चारकर्मीहरुसँग कुरागर्दै यसो यसो भनेकी हुन्।

बजार अभावमा उत्पादन त्यत्तिकै खेर गइरहेको गुनासो आइरहेको अवस्थामा बजारको ग्यारेन्टी गर्न आगामी नीति तथा कार्यक्रममा स्थानीय स्तरमा उत्पादित कृषि उपजको न्युनतम मुल्य तोक्ने र उक्त मुल्यमा पनि बिक्रि नभए सरकार आफैले क्षति दिने किसिमको कार्यक्रम ल्याउने उनले बताइन्। फलफुलको सम्भावनासँगै पशुपालनको सम्भावना पनि उत्तिकै भएकाले चौरी, भेडा,च्याङ्ग्राको ब्यवसायिक पालनका लागि सहयोग गर्ने बताइन्।

त्यसैगरि फाँटिलो जमिन भएको त्रिपुराकोट, खदाङ्लगायतका क्षेत्रहरुमा तरकारी खेतीको समेत राम्रो सम्भाबना भएको बताइन्। पहिलो पटक डोल्पा पुगेको मन्त्री केसीले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरिसकेपछि सदरमुकाम दुनैमा आयोजित योजना तर्जुमा गोष्ठिमा सहभागी भएकी छन्। डोल्पामा भुगोल सुहाउँदो खेतीपाती, पशुपालन, बजेट बिनियोजन र योजना तर्जुमाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख, उप–प्रमुख, कृषि हेर्ने जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृतलगायतका सरोकारवाला निकायसँग छलफलसँगै सुझाव संकलनका लागि डोल्पा पुगेको मन्त्री केसीले बताइन्।

छलफलका क्रममा जनप्रतिनिधिहरुले डोल्पा भौगोलिक रुपमा विकट र फरक प्रकारको कृषि तथा पशुपालनको सम्भावना रहेको जिल्ला भएकाले अन्य जिल्ला जस्तै नसोचेर एउटै किसिमको नीति कार्यक्रम र बजेट बिनियोजन गर्न नहुने सुझाव दिएका थिए। यहाँबाट लिएको सामुहिक सुझावले आगामी नीति तथा कार्यक्रम तय गर्दा कृषि सम्बन्धि प्रभावकारी कार्यक्रमहरु ल्याउन सघाउ पुग्ने मन्त्री केसीको भनाइ छ।

त्यस्तै सांसद बिरबहादुर शाहीले डोल्पाका आठ वटै स्थानीय तहमा पकेट क्षेत्र पहिचान गरि फलफुल खेतीकाका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए।

सहिद परीवारसँग भेटघाट
केसीले सहिद नन्दप्रसाद न्यौपानेका परिवारसँग भेटघाट समेत गरेकि छिन्। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा बस्दै आएका सहिद परिवारलाई भेटघाट गर्दै सहिदको सपना पुरा गर्नुपर्ने कामको बिषयमा सुझावसमेत लिएकी थिइन्।

भेटघाटको क्रममा सहिद न्यौपानेका बुवा बिष्णुरुद्र उपाध्यायले पहिला लुकिछिपि घुस दिने प्रचलन भएपनि आजभोली खुलमखुला घुस दिन चलनचल्ती बढ्दै गएको भन्दै दुःख व्यक्त गरे।

त्यसको जवाफमा मन्त्री केसीले देशमा भ्रष्टाचार गर्ने छुट कसैलाइ पनि नभएकाले भ्रस्टाचार गर्ने जो–कोहीलाई कडा कारवाही हुने बताइन्। आफ्नो छोरा व्यवस्थाको परिवर्तनको सपनासँगै मारिएको बताउँदै वर्तमान सरकारलाई कुराभन्दा पनि काममा जोड दिन सुझावसमेत दिइन्।

प्रकाशित: ८ जेष्ठ २०७६ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App