८ वैशाख २०८१ शनिबार
समाज

भैरवपुर बस्तीमा ठेउला आतंक

सर्लाही - लालबन्दी नगरपालिका–३ भैरवपुरस्थित राम र पासवान समुदायको बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ। ४० घर रहेको सो बस्तीमा हालसम्म ५० जनाभन्दा बढी व्यक्ति ठेउला रोगको संक्रमणबाट ग्रसित भएको लालबन्दी–३ का वडाअध्यक्ष रामनारायण सिंहले जानकारी दिए। विशेषगरी महिला र बालबालिकालाई ठेउलाको प्रकोप देखिएको छ।

‘चैतदेखि नै टोलका महिला एवं बालबालिका ठेउला रोगबाट संक्रमित भएका रहेछन्,’ वडा अध्यक्ष सिंहले भने, ‘तर देवी रिसाएर शरीरमा बिमिरा आएको भन्दै भित्रभित्रै लुकाउँदा हामीले ढिला थाहा पायौं।’ चैतयता पहिलो्रो लटमा ठेउला निस्केका बिरामी ठिक भए पनि अहिले फेरि १०÷१२ जनामा ठेउलाको प्रकोप देखिएको उनले बताए।

मंगलबार दिउँसो वडाअध्यक्ष सिंहले ठेउलाको प्रकोपबारे खबर गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, प्राथमिक स्वास्थ्यक केन्द्र लालबन्दीका प्रमुख डाक्टर चन्दन चौधरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमख सूर्यनारायण चौधरीलगायतको टोली ठेउला पैभावित बस्तीमा पुगेको थियो। डाक्टर चौधरीले बिरामीको अवस्था हेर्दा शंकास्पद ठेउला देखिएको बताए। ‘हामी १० जना बिरामीको रगत संकलन गरी परीक्षणका लागि जनकपुरस्थित डब्लुएचओको प्रयोगशालामा पठाउँदै छौं,’ उनले भने, ‘त्यसपछि मात्र कन्फर्म गर्न सकिन्छ।’ सरसर्ती हेर्दा भने ठेउला नै देखिएको उनले बताए।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेहरूमा ठेउलाले अत्यन्त छिटो संक्रमण गर्ने भएकाले चैतदेखि गाउँमा फरक–फरक मानिसहरू यसको प्रकोपबाट पीडित भइरहेको पाइएको डाक्टर चौधरीले जानकारी दिए। स्वास्थ्यकर्मीका अनुसार ठेउलाको संक्रमण हुँदा पानी भरिएका पिलपिलाउँदा फोकाहरूले शरीरका सम्पूर्ण भाग ढाक्ने गर्छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App