२६ श्रावण २०७७ सोमबार
समाज

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या!

पाँचथर - पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ। नजिकै रहेका ससुरा ज्वाइका घरका नौ जनाको गएराति काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।

ससुरा घरमा ४ जना र ज्वाइको घरमा ५ जनाको हत्या भएको उनले बताए। त्यस्तै उक्त हत्या घटनामा परी १ बालिका घाइतेसमेत भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको  जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले  जानकारी दिए ।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App