coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देहीमा औषधि उद्योगमा भिषण आगलागी

बुटवल- रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

उद्योगमा दिउँसो ४ बजेपछि आगलागी सुरु भएको हो। आगलागी भएको करिब डेढ घण्टा पछि मात्रै दमकल पुगेको स्थानीयले बताएका छन्। दमकल पुग्न ढिलाइ हुँदा आगलागीबाट ठुलो क्षति भइसकेको अनुमान गरिएको छ। आगो अझै नियन्त्रणमा आइसकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी धर्मराज भण्डारीले आगलागीको खबर पाउने बित्तिकै बुटवल भैरहवा र तिलोत्तमाको दमकल पठाइएको बताए। तीन वटा दमकलले पनि आगो नियन्त्रणमा आउन नसकेपछि लुम्बिनी, परासी र सुनवलबाट समेत दमकल बोलाइएको छ। घटना स्थलमा अहिले ४/५ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको डिएसपी भण्डारीले बताए।

घटनास्थलमा रुपन्देहीका प्रहरी प्रमुखसहित ठूलो संख्यामा प्रहरी खटिएकाे छ । आगलागीको कारण खुल्न सकेकाे छैन।

प्रकाशित: ६ जेष्ठ २०७६ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App