४ वैशाख २०८१ मंगलबार
समाज

नेटवर्किङ विजनेस प्रकरण : थप सात भारतीय पक्राउ

काठमाडौँ – नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा पक्राउ परेका समूहसँग कनेक्सन देखिएको भन्दै आइतबार थप सात जना भारतीयलाई प्रहरीले पक्राउ गरेका छ।

एक साताअघि होटल याक एण्ड यतिबाट हाइप्रोफाइलका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूको प्ररम्भिक बयान तथा अनुसन्धानबाट कनेक्सन देखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले थप सात जना भारतीयलाई पक्राउ गरेको हो। महाशाखाको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डीएसपी होबिन्द्र बोगटीले पुष्टि गरे। उनका अनुसार उनीहरुको साथबाट ४३ लाख नेपाली रुपैयाँ पनि बरामद बरामद गरिएको छ।

डीएसपी बोगटीले भने,‘ पक्राउ परेका समूहको यसअघि पक्राउ परेका समूहसँग कनेक्सन सम्बन्ध रहेको बारे अनुसन्धान भइरहेको छ, सम्बन्ध हुन सक्ने प्रमाणहरु भएको सुचनाको आधारमा महाशाखाको प्रहरी टोलीले उनीहरूलाइ पक्राउ गरेको हो।'

यसअघि भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो। दुबईको इन्टरनेसनल साइन ग्रुपको नाममा नेटवर्किङ विजनेस कर्ता नेपालीलाई ठगीरहेको प्रहरीको दावी छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App