coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

काठमाडौं– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीलाई ५०० रुपैया घुस दिन खोज्ने बा९५ प४२९ नम्बरको मोटरसाइकल चालक काठमाण्डौ मनोहरा नगरपालिका ०९ का भरत केसी र सोहि ठाउँका यमन दाहाललाई पक्राउ गरेको छ।

शनिबार मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका उनीहरुले तिनकुने सडक खण्डमा  चेकजाँच गर्दा ५ सय घुस दिएर कारबाहीबाट बच्न खोजेका थिए। उनीहरूलाई  नगद सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App