१५ चैत्र २०८० बिहीबार
समाज

मझुवागढीमा एकदिने स्वास्थ्य शिविर

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन्। वडा कार्यालय र नगरपालिकाको सहयोगमा जनसेवा सामुदायिक अस्पतालले शुक्रबार आयोजना गरेको एकदिने सो शिविरमा दुई सय २१ जनाले सेवा लिएका हुन्।

शिविरमा ७० जनाको आँखा जाँच, १४ जनाको दाँत निकालिएको, २८ जनाको ल्याब चेकअप, १४ जनाको भिडियो एक्स–रे, १७ जनाको एक्स–रे, ६ जनालाई बाफ दिइएको र एकजनाको स्युचर गरिएको जनसेवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए।

७० वर्षमाथिका ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांग नागरिकको स्वास्थ्य उपचार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ। शिविरमा जालपा र खार्मीलगायतका सर्वसाधारण आएका थिए। शिविरका लागि नगरपालिकाले औषधि सहयोग गरेको वडाध्यक्ष विकास राईले जानकारी दिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App