४ वैशाख २०८१ मंगलबार
समाज

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुर – साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। मकवानपुरको मनहरि गाउँपालिकास्थित निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो।

छात्रालाई विद्यालयकै शौचालयमा सोमबार बलात्कार गरेको उजुरी परेपछि २२ वर्षीय लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरिका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए। बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय मनहरिमा किटानी जाहेरी दिएका थिए। उजुरीका आधारमा पक्राउ परेका लामामाथि बलात्कार (जबर्जस्ती करणी) मा मुद्दा चलाइने प्रहरीले बताएको छ।

त्यस्तै एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मंगलबार हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हिरालाल चौंलागाई पक्राउ परेका थिए। हेटौंडा उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App