coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भाइले नलकटुवाबाट गोली हान्दा दाइले ज्यान गुमाए

घटना लगत्तै नारायणी अस्पतालमा उपचार गरिदै। तस्विरः नागरिक

वीरगन्ज-पर्सामा भाइले चलाएको नलकटुवा बन्दुकबाट गोली लागी घाइते भएका दाजुको उपचारको क्रममा मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–१ मा बिहीबार साँझ घरायसी विवादका क्रममा  महादेवपट्टी, बलुवाका शेख फारुकलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिनले नलकटुवा बन्दुकबाट गोली हानेका थिए। भाइले हानेको गोली लागेर गम्भीर घाइते ४८ वर्षीय शेख फारुकको उपचार वीरगन्जमा हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान बाटोमै मृत्यु भएको हो।

प्रहरीका अनुसार गोलीले दाहिने पाखुरा छेडेर फारुक गम्भीर घाइते भएका थिए। गोली लागेर घाइते भएपछि लगत्तै उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो। त्यहा उपचार सम्भव नभएको भन्दै चिकित्सकले रिफर गरेपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो। त्यहाँ पनि अवस्था नियन्त्रणमा नआएपछि काठमाडौं लैजान लागिएको थियो। काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। गोली हानेको आरोपमा फरुकका भाइ सेराजुद्धिनलाई प्रहरीले बिहीबार राति नै नलकटुवा पेस्तोल, त्यसमा लाग्ने  गोली तीन थान र एउटा खोका सहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनामा अनुसन्धान भइरहेको शर्माले बताए।

 

प्रकाशित: ३ जेष्ठ २०७६ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App