१६ चैत्र २०८० शुक्रबार
समाज

काठमाडौं मल अगाडि पानी ट्यांकरले ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौँ - काठमाडौँ मल आगाडि पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिएको छ। ठक्कले मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ।

जनसेवा वृतका डिएसपी वासुदेव खतिवडाले पानी ट्यांकरको ठक्करले कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने २३ वर्षीय सुनिता केसीको मृत्यु भएको बताए। उनका अनुसार ना २ ख. ४२२२ नम्बरको पानी ट्यांकरले बा.३७.प. ११६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।  पानी ट्यांकरका चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App