७ वैशाख २०८१ शुक्रबार
समाज

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय लालबन्दीमा बिहीबार दिउँसो सार्वजनिक गरिएको बरामद् गाँजा र पक्राउ परेका २ जना।तस्बिरःटंक/नागरिक

सर्लाही– सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

लालबन्दी नगरपालिका–७ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिकबाट बीआर ३० पी १४५८ नम्बरको भारतीय जिपमा राखिएको १ क्वीन्टल ५० किलो गाँजा बरामद् गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। जिपमा गाँजा लोड गरेर ओसारपसारमा संलग्न लालबन्दी नगरपालिका–७ निवासी ३७ वर्षीय सनोज राज घिमिरे र पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१८ भीस्वा घर भइ हाल लालबन्दीमा ग्यारेज सञ्चालक २२ वर्षीय सिधु सिंह पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिपमा गाँजा ओसारपसार भइरहेको भन्ने सुराकीको आधारमा खटिएको इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले एक सय ५० किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। प्रहरी टोलीलाई देख्ने बित्तिकै जीप छाडेर भाग्दै गरेका घिमिरे र सिंहलाई प्रहरी टोलीले लखेटेर पक्राउ गरेको थियो। उनीहरुले स्थानीय र भारतीयबाट आउने माग अनुसार गाँजाको पोका बनाएर बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै बुधबार राती नै लालबन्दी प्रहरीले लालबन्दी नगरपालिका–६ स्थित सङ्गम लामाको घरबाट ६२ किलो गाँजा बरामद गरेको छ। गाँजा लुकाएर राखेको छ भन्ने विशेष सुराकीका आधारमा खटिएको टोलीले लामाको घरबाट उक्त गाँजा बरामद् गरेको हो। घरका मानिस भने फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ।

साताअघि जिल्लाको उत्तरी चुरे क्षेत्र स्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट लालबन्दी प्रहरीले १ क्वीन्टल गाँजासहित दुई जना पक्राउ गरेको थियो।

सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा कारोवारीले सर्लाहीस्थित विभिन्न खोलाको बाटोहुँदै भारतीय बजारसम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय प्रहरीले कडाई गर्दै गएपछि धमाधम गाँजा तथा ओसारपसारमा संलग्नहरु पक्राउ परिरहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७६ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App