२९ असार २०७७ सोमबार
समाज

पुल नबनाई नयाँ डुंगा

खोटाङ – अधिकांश नदीका डुंगा झोलुंगे पुलले विस्थापित गरिरहेको अवस्थामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका जोड्ने सुनकोसीमा भने नयाँ डुंगा फेरिएको छ। दैनिक डेढ सय स्थानीय वारपार गर्ने बाइटारमा हलेसी तुवाचुङ नगरपालिकाको १ लाख बजेट खर्चमा नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। पुरानो डुंगा खिएको र प्वाल परेपछि नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन्।

सुनकोसीको वारिपारि कच्ची सडक बनिसक्दा पनि सो क्षेत्रमा पुल निर्माणको सुरसार छैन। पुल नहुँदा डिकुवाका स्थानीय जोखिम मोलेर नदी तर्न बाध्य छन्। डिकुवा र बाहुनीडाँडाका स्थानीयले सोही डुंगा चढेर उदयपुरको कटारीबाट आवश्यक सामग्री ल्याउने गरेका छन्। बाइटारबाट नदी तरेपछि चिपटारबाट गाडीमै कटारी ओहोर–दोहोर गर्न सकिन्छ। वारपार गर्ने स्थानीयको चापलाई ध्यानमा राखी सुनकोसीमा डुंगा विस्थापित गर्न स्थानीयले पटकपटक जनप्रतिनिधिलाई गुहारिसकेका छन्। तर हालसम्म उनीहरूको माग सुनुवाइ नभएको डिकुवाका वडासदस्य घनश्याम राईले बताए।

प्रकाशित: २ जेष्ठ २०७६ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App