७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कार आरोपमा पक्राउ

मकवानपुर – बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।
 
हेटौंडा–२ मा डेरा गरी बस्ने बालिकालाई शनिबार बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं मुकेशकुमार सिंहले बताए। उनका अनुसार चौलागाईंमाथि मुद्दा दायर गरी बलात्कारको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App