१५ चैत्र २०८० बिहीबार
समाज

नगरपालिकाले एक करोड २० लाखमा खरिद गरेकाे गाडीमा आगजनी

अछाम - अछाम, मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा बुधबार राति सवा २ बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवम प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए।

नगरपालिका परिसरमै पार्किङ गरेर राखिएको प्रमुख चढ्ने जिप करिब एक वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो। डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजी कार्य जारी रहेको बताउँदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसकेको जानकारी दिए। मंगलसेन बजारका स्थानीयले गाडीमा आगजनी भएको जानकारी दिएपछि आफैं घटनास्थलमा पुगेर गाडीमा लागेको आगो नियन्त्रणमा लिएको उनले बताए। आगजनी गर्ने समूहको खोजी जारी रहेको प्रहरीको भनाई छ।

सार्वजनिक सम्पत्तिमा यसरी आगजनी गरेर निन्दनी कार्य गरेको नगर प्रमुख पदम बोहराले बताए। उनले भने, सुरुमा नै गाडी खरिदको बिषयमा धेरैलाई चित्त बुझेको थिएन, त्यसैले पनी त्यो खालकाको घटना भएको हो की भन्ने आशंका छ, सार्वजनिक सम्पत्तिमा क्षति गर्ने दोषीलाई उम्कन दिदैनौ।’

प्रकाशित: १ जेष्ठ २०७६ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App