२६ असार २०७७ शुक्रबार
समाज

अभिभावकलाई जनप्रतिनिधिको पत्र

जनप्रतिनिधिले अभिभावकलाई पठाएको पत्र । तस्बिरः नागरिक

रोल्पा– बालबालिकाहरु विद्यालयको पहुचभन्दा बाहिर नहुन भन्ने उदेश्यले रोल्पाका स्थानीय तहहरुले अभिभावकलाई पत्राचार गरेका छन्। विद्यालय भर्ना अभियानलाई घर घरसम्म पु-याउँदै कोहि पनि विद्यालयको पहुँचभन्दा बाहिर नहुन भन्ने उदेश्यले रोल्पाका जनप्रतिनिधिले घरघरै पत्राचार गरेका हुन्। जिल्लामा क्रियासिल सेभ द चिल्ड्रेनको सहयोगमा तयार गरिएको पत्र अभिभावकहरुलाई पठाइएको हो। आफ्नो घरमा रहेका विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्न अनुरोध गरिएको पत्रमा स्कुल नपठाएमा सेवा सुविधाबाट बञ्चित गरिने जानकारी दिइएको छ।

विद्यालय भर्नालाई वेवास्ता गरि बालबालिकालाई भर्ना नगराउने वा भर्नापछि पनि आधारभुत तह सम्मको शिक्षा पुरा नगराई विद्यालयबाट छुटाउने गरेमा अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ७ को उपदफा ५ बमोजिम स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा बञ्चित गर्न सकिने छ। रोल्पाका १० वटै स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर गरेको पत्र अभिभावकको घरसम्म पु-याउन स्थानीय हुरेक रोल्पाले पहल गरेको थियो।

स्थानीय तहले नै अभिभावकलाई छोराछोरी विद्यालय भर्ना गर्न पत्र पठाएपछि विद्यार्थी भर्नादर राम्रो भएको छ। ‘प्रभावकारी भएको छ। सेवा सुविधा रोक्ने कुराले दवाव दिएको छ। गत वर्षको अनुभवले पनि यसलाई निरन्तरता दिएका हौं’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले भने। उता सुनिलस्मृती गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीले पनि पत्राचार प्रभावकारी भएको बताए। उनले भने ‘राम्रो रेस्पोन्स देखियो। गत बर्षको अनुभवले यो वर्ष पनि पत्राचारलाई निरन्तरता दिएका हौं।’

विद्यार्थी भर्ना अभियान सन्तोषजनक नदेखिएपछि गत सालदेखि सुरु गरिएको पत्राचार अभियानले सकारात्मक प्रभाव पारेपछि यो बर्ष पनि निरन्तरता दिइएको शिक्षा क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताए। उनले भने ‘विद्यालय उमेर समुहका बालबालिका ठुलो संख्यामा विद्यालय बाहिर रहन थालेपछि स्थानीय तहसँगको समन्वयमा अभिभावकलाई पत्राचार गर्न सुरु गरेका हौ।’ १० वटै स्थानीय तहले अभिभावकहरुलाई नै पत्राचार गरेपछि स्थानीय सरकारसँगको अपनत्वसमेत विकास हुने गरेको स्थानीय बुद्धिजिविहरु बताउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App