८ वैशाख २०८१ शनिबार
समाज

चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौं – चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्तका प्रहरीले चेकजाँच गर्ने क्रममा तीन जना सवार मोटरसाइकलका दुई जनाले चेकिङमा रहेका प्रहरीलाई हेल्मेट प्रहार गरी भागेका थिए।

त्यस्तै, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ राधाकृष्ण टोलस्थित रीमा राजकोटीको टहरोबाट विभिन्न कम्पनीका ४ थान मोबाइल र नगद २५ हजारसहित एक लाख २६ हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App