७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेस युनियन बेलायतले दुई पत्रकारलाई पुरस्कृत गर्ने

काठमाडौ – नेपाल प्रेस युनियन बेलायतले आगामी वर्षदेखि दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। युनियनका नवनिर्वाचित अध्यक्ष विपिन निरौलाको अध्यक्ष्यतामा आइतबार लण्डनमा सम्पन्न कार्यसमिति बैठकले सो निर्णय गरेको हो।

दुई वर्षअघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गरेअनुसार प्रेस स्वतन्त्रता, मानव अधिकार, प्रजातन्त्र र जनजीविकाका विषयमा पत्रकारितामार्फत जागरण फैल्याउने भूमिका खेल्ने दुई जनालाई पुरस्कार दिने निर्णय गरिएको हो। युनियनले नेपालभित्रका एक र नेपाल बाहिरका एक पत्रकारलाई पुरस्कार दिने जनाएको छ।

त्यसको लागि एक वर्षभित्र एक कार्यक्रम गर्ने र संकलित रकम पुरस्कार र भैपरि आउने कार्यको लागि प्रयोग गर्ने गरी निरौलालाई संयोजक चयन गरिएको छ। त्यसका लागि विस्तृत कार्यविधि बनाइ संयोजक एवम् अधक्ष्य निरौलाले आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको युनियनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App