१६ चैत्र २०८० शुक्रबार
समाज

भीरमौरीको मह खाँदा बिरामी

धादिङ – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङमा भीरमौरीको मह खाँदा सातजना बिरामी परेका छन्। उनीहरूले बिहान साढे ९ बजेतिर मह खाएका थिए। मह खाँदा सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

अन्य बिरमीमा मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मी लामा तामाङ छन्। स्वास्थ्य बिन्दु बोराङमा उनीहरूको उपचार भइरहेको बोराङबाट स्थानीय विजय तामाङले जानकारी दिए। मह खाएपछि काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको स्थानीयको भनाइ छ।

प्रकाशित: २३ वैशाख २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App