coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालगृहलाई व्यवसायीको सहयोग

भीमेश्वर नगरपालिका ५ मा रहेको गौरीशंकर बाल गृहमा रहेका बालबालिकालाई स्कुल व्याग हस्तान्तरण गर्र्दै चरिकोटका व्यवसायी सनत थापा। तस्विर: रमेश/नागरिक

दोलखा -  जिल्लाको गौरीशंकर बालगृहमा रहेका असहाय बालबालिकालाई  सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुल ब्याग सहयोग गरेका छन्। भीमेश्वर नगरपालिका ५ मा रहेको गौरीशंकर बाल गृहका २९ जना बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बिहान बाल गृह पुगेर २५ हजार बराबरको स्कुल ब्याग,  मिठाई र खानेकुरा वितरण हुन्।

थापाले बाल गृहमा रहेका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट बर्षेनी सहयोग गर्दै आएको सुनाए। अघिल्लो वर्ष ओच्छ्याउने तन्नाहरु साथै दुई वर्ष अघि स्टेशनरी सामाग्री सहयोग गरेको सुनाए। आश्रमका केन्द्र प्रमुख सुरज बिष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बाल गृहमा आउने गरेका छन्। ‘उहाँहरुको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ त्यही अनुसारको सामान बोकेर सहयोग गर्ने गर्नुभएको छ’ बिष्टले भने। चरिकोट स्थित सातदोबाटो चोकका थापा हाड्वयर लगायतका व्यवसायमा संलग्न छन्।   

बिष्टका अनुसार बाल गृहमा अहिले २९ जना बालबालिका छन्। नेपाल बाल संगठनद्धारा सञ्चालित यो बाल गृह संगठनकै बजेटबाट चल्ने गरेको छ। यस्तै बेला बेलामा सहयोगी भावना भएका मनकारी मानिसहरुले समेत ल्याउने सहयोगले बाल गृह सञ्चालन गर्न थप सजिलो हुने गरेको बिष्टले बताए।

प्रकाशित: २१ वैशाख २०७६ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App