१६ चैत्र २०८० शुक्रबार
समाज

करेन्ट लागेर युवकको मृत्यु, अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

डडेल्धुरा - भुइमा लच्किएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अमरगढी नगरपालिका १ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहिबार बेलुका करेन्ट लागेर घटना स्थलमै ज्यान गएको हो।

काचो काठ बोकेर ल्याउने क्रममा भुईतिर नजिकै लच्किएको बिजुलीको तारमा छुदा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। १३३ केभीको चमेलीया जलबिद्युत आयोजना लाईनको तारमा उनले काटेर ल्याएको काँचो काठ तारमा छोईएपछि करेन्ट लागेको उनले बताए।

उनको मृत्युपछि स्थानीयले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक बिहिबार बेलुकी देखी १० घण्टा सडक अवरुद्ध गरे।  मृतका परिवार लाई विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतीपुर्ती दिने सहमती पछि अवरुद्ध भिमदत्त राजमार्ग  शुक्रबार बिहान ४ बजे देखी सुचारु भएको छ।

स्थानीयले सडक अवरुद्ध गरेपछि तराईबाट ७ पहाडी जिल्ला आवत जाउत गर्ने सवारीका साधनहरु रोकिँदा यात्रुहरु बिहिबार रातभरी अलपत्रमा परेका थिए।

प्रकाशित: २० वैशाख २०७६ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App