१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीको दारासहित दुई पक्राउ

भक्तपुर– प्रहरीले हात्तीको दारासहित दुईजनालाई बिहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ कौशलटारमा महानगरीय प्रहरीपरिसर भक्तपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–४ घर भएका रूपेश खड्का र गुल्मी रुरु गाउँपालिका–५ का भाष्कर पौडेल रहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए ।

उनीहरू हाल काठमाडौं स्वयम्भू सानो भ¥याङ बस्दै आएका थिए । चेकजाँच गर्दा बिक्रीको उद्देश्यले बोकेको हात्तीको दारा जस्तो देखिने जंगली जनावरको दारा एक थान अन्दाजी दुई सय ५० ग्रामसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित: २० वैशाख २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App