८ वैशाख २०८१ शनिबार
समाज

भीमरथारोहणको अवसरमा पूस्तकालय स्थापना

काठमाडौं – परराष्ट्रविद् एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको नेवारी परम्पराअनुसार बुधबार जंको अर्थात भीमरथारोहण गरिएको छ।

७७ वर्ष, सात महिना, सात दिन, सात पाइला पुगेको अवसरमा बुधबार बिहान आठ बजेर ४० मिनेटको साइतमा उनको जंको गरिएको हो। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ भंगालस्थित उनकै निवासमा जंको गरिएको हो। सो समारोहमा परम्पराअनुसार उनका जेठो छोरा लुजका एक छोरा र एक छोरी, कान्छा छोरा मुजका एक छोरासहितको ६ जना भाञ्जाभाञ्जीको टोलीले उनलाई रथमा राखी जंको गरियो।

जंकोको क्रममा उनलाई घरपरिवार, नातागोता, आफन्त, छरछिमेकलगायतले दिनभर पूजाआजा गरी दीर्घ आयुको आशिर्वाद दिए। शताव्दी पुरुष सत्यमोहन जोशी, पर्यटन व्यवसायी कर्ण शाक्य, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, सभासद्हरुलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु आर्शिवाद दिन उनको घर पुगेका थिए। परम्पराअनुसार पहिलो जंको ७७ वर्ष, सात महिना, सात दिन, सात पाइलाको अवसरमा गरिन्छ। दोश्रो जंको ८८ वर्ष आठ महिना आठ दिनमा, तेश्रो जंको ९९ वर्ष नौ महिना नौ दिनमा र अन्तिम जंको एक सय वर्ष १० महिना १० दिनमा गर्ने परम्परा छ।

कार्यक्रममा उनकोबारेमा लेखिएका लेखहरुको संग्रह ‘एक व्यक्ति अनेक दृष्टि ः हिरण्यलाल श्रेष्ठ’ पुस्तक पनि विमोचन गरियो। पुस्तकको विमोचन शव्ताव्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए। साथै, सोही अवसर पारेर बूढानीलकण्ठ नगरपालिका– ८ मा स्थापित पुस्तकालयको पनि उद्घाटन गरियो। श्रेष्ठले दुई तले घर बनाई अन्तर्राष्टिय मैत्री पुस्तकालय स्थापना गरेका हुन्।

प्रकाशित: १९ वैशाख २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App