coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

प्युठान - अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा  १८ बर्षीय एक युवतीाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सिताउपाध्याय रहेकी छन्।

दुर्घटनामा परि घाइते भएकी उपाध्यायको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । उपाध्यायले जिपको झ्यालवाट टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। जीप उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको थियो । जीप चालकलाई अर्घाखाची प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १७ वैशाख २०७६ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App