८ वैशाख २०८१ शनिबार
समाज

ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सर्लाही - साइकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। मोटरसाइकल चालक हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको उक्त दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीयलाई छलेर मोटरसाइकल चालक भाग्ने खोजेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतवार राती १० बजे हरिवन नगरपालिका–११ स्थित बासाटोलमा श्रेष्ठले चलाइरहेको बा २९ प ८३१८ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टदा उनी गम्भीर घाइते भएका थिए। श्रेष्ठलाई तत्काल  उपचारका लागि नमूना अस्पताल हरिवन पु-याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

अत्याधिक मदिरा सेवन गरेका श्रेष्ठले पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरमा साइकलयात्रीलाई ठक्कर दिएको र भाग्ने क्रममा तिव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। साइकलयात्रीलाई ठक्कर दिएपछि मोटरसाईकल लड्दा श्रेष्ठले लगाएको हेल्मेट नवलपुरमै झरेको थियो। उनी हतार हतार उठेर हेल्मेट नै नलगाई भागेको र प्रहरी चेकजाँचको डरले भित्री बाटो तिब्र गतीमा भाग्दै गर्दा दुर्घटनामा परेका हुन्।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ।

यसैबीच नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा आइतवार मध्यरातमा स्कारपियो दुर्घटनाहुँदा चालक घाइते भएका छन्। हरिपुरबाट मलङ्गवातर्फ गइरहेको बीआर ३१ पिए ४३५४ नम्वरको स्कारपियो अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते स्कारपियो चालक मलङ्गवा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण जयसवालको मलङ्गवामा उपचार भैरहेको छ। स्कारपियोका चालक जयसवालले पनि मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App