coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ज्वाइँ र सम्धिनीले छोरी जलाएको माइती पक्षको आरोप

लहान– सिरहाको कल्याणपुर नगरपालिका–८ औरँग टोलकी २० वर्षीया कञ्चन मण्डल(खत्बे)लाई शरिरमा मट्टीतेल खन्याएर आगो लगाइ जलाइएको छ। सासू र श्रीमान मिलेर आफूमाथि मट्टीतेल खन्याएर आगो लगाइदिएको माइति पक्षको आरोप छ।

बिहिबार दिउँसो आफूमाथि कुटपिट भएपछि कञ्चनले फोनमा बुवा रामलोचनलाई जानकारी गराइन। रामलोचनले छोरीसँगको सम्वाद सम्झे, यहाँ मलाई सासू र श्रीमान मिलेर मानसिक र शारिरिक यातना दिँदै छ, मँ सहन सक्दिन।’ रामलोचनले बिहिबार छोरीले फोनमा गरेको रोदन सम्झे, यहाँ मलाई कुनैदिन यिनिहरु मिलेर मारिदिन्छ बुवा भन्दै उनी भक्कानिएकि थिइन।’ त्यसपछि उनको फोन काटिएको थियो।

राति रामलोचनलाई फोनमा जानकारी भयो छोरीलाई जिउँदै जलाइयो। अहिले रामलोचन जिवनको संघर्ष गरिरहेकि छोरीको उपचारका लागि काठमाडौं जाँदैछन्। रामलोचनले फोनमा भक्कानिँदै नागरिकसँग भने, मेहमान आ सम्धिनी मिलेर मेरो छोरीलाई जलाइदिए (ज्वाइँ र सम्धिनी मिलेर छोरीलाई जलाए)।’

सिरहाको अर्नामा गाउँपालिका–३ बंठियाकि कञ्चनको ०७४ बैशाख १९ गत्ते कल्याणपुर–८ औरंग निवासी बेचन मण्डल (खत्बे)सँग बिहे भएको थियो। भारतको दिल्ली पञ्जावमा मजदूरी गर्ने बेचन केहि समय पहिला मात्र घर फर्केका थिए।

घर आएदेखि नै उनले कञ्चनलाई कुटपिट गर्ने मानसिक यातना दिने काम गरिरहेको रामलोचनले बताए। छोरीले आफूमाथि सासु, श्रीमान र नन्दबाट हुने कुटपिट र यातनाबारे फोनमार्फत जानकारी गराउँदै आएकि थिइन उनले नागरिकसँग भने, हामीले सम्वन्ध विच्छेद गराउनेसम्म ठानिसकेका थियौं, त्यही बीचमा यो घटना भइदियो ।’

सम्बन्ध विच्छेद गराउनका लागि बिहेमा भएको तीन लाख खर्च फर्काउन भनेका थियौं रामलोचन भक्कानिए, छोरीलाई यो हाल गर्ने दानवलाई हदैसम्मको कारबाही होस्।’ तीन लाख खर्चेर छोरी सुखसयलमा बाँचोस भन्ने ठानेर विवाह गरिदिएको थिएँ, उनले भने, के थाहा मेरो छोरी दानवको घरमा पुग्छिन्।’

घटनापछि कञ्चनको श्रीमान बेचन फरार छन्। प्रहरीले उनकी सासूलाई नियन्त्रणमा लिएर अनुसन्धानअघि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए।

कञ्चनलाई  छिमेकीले उद्धार गरी मिर्चैयास्थित मंगलम मेडिकेयर सेन्टरमा पुर्याएका थिए। त्यसपछि प्रहरीले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए। बिहिबारै धरानबाट काठमाडौंका लागि रेफर गरिएपछि कञ्चनको बुवा रामलोचन शुक्रबार बिहान एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं लगेका छन। कञ्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको रामलोचनले बताए। उनको शरिरको अधिकांश भाग जलेको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App