coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्याउकाे गाडीमा ७ केजी सुन, चालक पक्राउ

रसुवा – रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुनसहित चालक पक्राउ परेका छन्। 

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुनसहित रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पक्राउ परेका हुन्।

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको ना६ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर राखेको अवस्था सुन फेला परेको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताए।

नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको हो।

प्रकाशित: १० वैशाख २०७६ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App