१६ चैत्र २०८० शुक्रबार
समाज

लागुऔषध सहित ४ जना पक्राउ

सर्लाही– लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित सर्लाही प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

सोमबार राती साँढे ९ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–९ बस्तिपुरमा चेकजाँच गर्ने क्रममा लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार ना. २६ प ५५४१ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्दा स्थानीय ३२ वर्षीय दिपक मगर, १९ वर्षीय सागर ठकुरी, १९ वर्षीय एलिस मगर र ३० वर्षीय रंजित मगर ४१ थान नाइट्रोभेट सहित पक्राउ परेका हुन्।

पक्राउ परेका चारैजनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनााएको छ।

प्रकाशित: १० वैशाख २०७६ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App