१६ चैत्र २०८० शुक्रबार
समाज

निमोनियाका कारण वडाध्यक्षको निधन

खोटाङ– निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ। ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो। 

स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चाम्लिङले बताए। गत चैत ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आइतबार घरमै अहेव बोलाएर इन्जेक्सन दिइएको थियो। कच्ची सडकमा अन्य सवासी साधन गुड्ने अवस्था नहुँदा वडाध्यक्ष राईलाई ट्याक्टरमा राखेर जिल्ला अस्पताल लगिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए। उनलाई साप्सु खोलासम्म पुर्याएपछि त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पुर्याउने तयारी गरिएको थियो। तत्कालिन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी मावि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक विकास समितिका संयोजक थिए। उनी अनेरास्ववियुका जिल्ला सदस्य, तत्कालिन एमालेका गाउँ कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्यको भूमिकामा पुगेका थिए। साहित्यमा मणि मञ्जिलका नामले चिनिने राईका श्रीमती र दुई छोरी छन्। 

प्रकाशित: १० वैशाख २०७६ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App