coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्पाईनल इन्जुरी बिरामीका लागि अस्पताल तथा पुर्नस्थापना केन्द्र बनाईदै

चितवन - स्पाईनल इन्जुरी भएका बिरामीको स्वास्थ्य उपचार गर्ने र उनीहरुलाई समाजमा पुर्नस्थापना गर्नको लागि अस्पताल तथा पुर्नस्थापना केन्द्रको बनाउन लागिएको छ। चितवनमा रहेको ५ वटा रोटरी क्लबको सहकार्यमा केन्द्र स्थापना गर्न लागिएको हो। चितवन रोटरी क्लब, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ र रोटरी क्लब अफ भरतपुरले केन्द्र निर्माण गर्न लागेको हो।

भरतपुर महानगरपालिका वडा नम्बर ३ को सानो मझुवा नगरवनमा ‘श्री उदयकुमार चमेलीदेवी पिया स्पाईनल ईन्जुरी अस्पताल तथा पुर्नस्थापना केन्द्र’ निर्माण गर्न सोमबार शिलान्यास गरिएको छ। चितवनका ५ वटा रोटरी क्लबले रोटरी क्लब अफ जावला खेल र स्पाईनल इन्जुरी संघ, नेपालसँगको सहकार्यमा अस्पताल स्थापना गर्न लागेको परियोजनाका संयोजक उत्तमलाल चुकेले जानकारी दिए।

केन्द्र स्थापना गर्नका लागि भरतपुर महानगरपालिकाले वडा नम्बर ३ मा र एक विगाह जग्गा उपलब्ध गराएको छ। सामान्य शल्यक्रिया सुविधा उपलब्ध हुने १३ हजार स्क्वायर फिटको भवन निर्माण गरिने उनले बताए। दिर्घकालिन योजनामा ५० शैय्या क्षमताको बनाईने केन्द्र २५ बेड क्षमताबाट सेवा सुरु गरिने छ। केन्द्र बनाउनका लागि भरतपुर महानगरपालिका वडा नम्बर ३ का उदयकुमार पियाले ३ करोड रुपैयाँ सहयोग गरेका छन्। ६ वटा रोटरीले डेढ करोड रुपैयाँ लगानी गर्नेछन्। आएको र रोटरी क्लबहरुबाट संकलन हुने रकम गरी कुल ४ करोड ५० लाख रुपैयाँमा पुर्वाधार तयार गरिने चुके बताउँछन्।

अस्पताल तथा पुर्नस्थापना केन्द्र सञ्चालनका लागि रोटरी क्लबहरु सबै मिलेर रोटरी इन्टरनेशनलको ग्लोबल ग्रान्ट अन्तर्गत सहयोग लिईने उनले बताए। त्यस मार्फत आवश्यक उपकरणहरु ल्याएर केन्द्र सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन्। पहिलो चरणमा ६ करोड रुपैयाँको लगानीमा केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पुर्वाधार तयार बाहेक उपकरण र आवश्यक सामग्रीका लागि डेढ करोड रुपैयाँ लाग्नेछ।
२ वर्ष भित्रमा पुर्वाधार तयार गरेर केन्द्र सञ्चालन गरिनेछ। सन् २०११ मा रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ नारायणी मिड टाउन मिलेर भरतपुर अस्पतालमा चितवन स्पाईनल इन्जुरी सेन्टर स्थापना गरेको थियो। स्पाईनल ईन्जुरी संघ, नेपाल र भरतपुर अस्पतालको सहयोगमा ५ बेडबाट सुरु गरिएको सेन्टरलाई १२ बेड क्षमताको बनाईएको छ। अहिले अस्पतालले नै केन्द्रको सञ्चालन गरिराखेको छ। अस्पताल तथा पुर्नस्थापना केन्द्र निर्माण गर्न भरतपुर अस्पताल क्षेत्रमा ५ कठ्ठा जग्गा माग गरिएपनि उपलब्ध हुन नसकेपछि महानगरपालिकासँग सहकार्य गरेर निर्माण गर्न लागिएको हो।

‘धेरै ठाउँमा जग्गा खोज्यौ पाउन सकेनौं’ उनले भने, ‘अहिले महानगरपालिकाले दिएको जग्गामा बनाउन लागेका छौं।’ अहिलेसम्म मेरुदण्डको पक्षघात भएका बिरामीको पुर्नस्थापना केन्द्र काठमाडौंमा मात्र रहेको छ। त्यसैले भरतपुरमा स्थापना गरिने यो केन्द्रले मेरुदण्डको पक्षघातबाट पीडित हुने धेरैलाई उपचार र सहज सेवा उपलब्ध हुने उनी बताउँछन्। चितवनसँग आसपास जोडिएका जिल्लाका बिरामीलाई उपचार सुविधा दिनको लागि अस्पताल सञ्चालन गर्न लागिएको हो।

मेरुदण्डमा चोट लागेर घाईते भएका बिरामीलाई उपचार गर्ने केन्द्र सञ्चालनका लागि महानगरपालिकाको सहयोग समेत रहने परियोजना संयोजक चुके बताउँछन्। विशेष कोष बनाएर सञ्चालन गर्ने तयारी गरिनेछ। गाउँघरमा रुख, भिरबाट लडेर र दुर्घटनामा घाईते हुनेहरुलाई मेरुदण्डमा चोट लाग्ने गर्छ। यस्तो चोट लागेर घाईते हुने बिरामीलाई जिवन जिउन प्रेरणा दिन र सहज जिविकोपार्जनका लागि केन्द्र मार्फत सहयोग हुने उनले बताए।

स्वर्गिय श्रीमती चमेलीदेवीको नाममा नारायणगढका ९१ वर्षिय उदयकुमार पियाले अस्पताल निर्माणका लागि सहयोग गरेका छन्। अस्पताल बनाउने जिवनको उद्धेश्य पुरा गर्न सहयोग गरेको उनले बताए। छु। स्वास्थ्यलाई ध्यान दिएकाले आफु निरोगी भएपनि बिरामीलाई सहयोग गर्न अस्पताल निर्माण गर्न लागेको उनले बताए। ‘व्यापार गरेको थिएँ, व्यापार चल्यो, नाफा कमाए, पैसा थियो त्यही पैसा सहयोग गरेको थियो’ उनी भन्छन्, ‘सकेको सहयोग गर्ने हो। अरुलाई पनि सहयोग गर्नुपर्छ भनेर भन्ने गर्छु।’

पियाका छोरा छाती र क्यान्सर रोगका विशेषज्ञ डा. मदनकुमार पिया परिवारको सहभागितामा समाजसेवा गरेको बताउँछन्। नशासँग सम्बन्धित समस्याबाट ग्रसित हुँदा हात खुट्टा, शरीर नचल्ने समस्यामा रहेका बिरामीको जिवनयापन सजिलो बनाउन अस्पतालन बनाउन पाउँदा परिवारमा सबैजना खुशी भएको उनले बताए। हिँड्न नसक्नेलाई हिँडाउन सकिने, विभिन्न सीप, तालिम दिएर सहज जिविकोपार्जन गराउन सकिने उनी बताउँछन्।

प्रकाशित: १० वैशाख २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App