१५ चैत्र २०८० बिहीबार
समाज

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

संकलित हतियारको साथमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सदस्यहरु । तस्बिरः खगेन्द्र अधिकारी / नागरिक

ताप्लेजुङ – जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाका अनुसार घरेलु हातहतियार संकलन गर्नेगरी २०७५ साल चैत १ गते जारी भएको सूचना पछि ४० थान इजाजत प्राप्त सहित १ सय २५ थान हतियार प्रहरी कार्यालयमा संकलन भएका छन्। इजाजत प्राप्त मध्ये १२ बोरको ५ राउण्ड हतियार समेत संकलन भएको थापाले जानकारी दिए। यस्तै १० नाल ब्यारेल मात्रको सहित प्रहरीले ८५ थान अवैध हतियार संकलन गरेको थापाले बताए।

जिल्ला सुरक्षा समितिले ताप्लेजुङमा ३ सय थान इजाजत प्राप्त र ३ सय थान अवैध हतियार रहेको अनुमान लगाएको छ। डिएसपी थापाले पछिल्लो राजनीतिक परिस्थति र यहाँको सामाजिक परिवेशका कारण इजाजत प्राप्त हतियार समेत सुरक्षाका दृष्टीले संवेदनशील ठानेर केही स्व:स्फूर्तरुपमा र केहि गोप्य सूचनाका आधारमा प्रहरीले संकलन गर्न सफल भएको जानकारी दिए।

‘प्रहरीको साथमा रहेमा इजाजत प्राप्त हतियार समेतको भरपर्दो सुरक्षा हुने ठानेरै कतिपय हतियारधानीले स्व:स्फूर्तरुपले हामीलाई बुझाउनु भएको छ।’ थापाले भने। प्रहरीले सुरक्षा संवेदनशीलतालाई हेरेर सूचना आदान–प्रदानमा सहयोग गर्न आग्रह समेत गरेका छन्। 

प्रकाशित: ९ वैशाख २०७६ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App