१६ चैत्र २०८० शुक्रबार
समाज

भ्यान दुर्घटना, घटनास्थलमै एकको मृत्यु

उदयपुर -  उदयपुरको बेलका नगरपालिकामा भएको भ्यान दुर्घटनामा परी १ यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।छिमेकी जिल्ला सुनसरीको बाराहक्षेत्र नगरपालिका चताराबाट बेलका ७ मैनामैनी कुलुङतर्फ आउँदै गरेको को १ ज १६१५ नं. को पिकअप भ्यान आइतबार राति पौने ८ बजे दुर्घटना हुँदा बेलका ७ मैनामैनीका २३ वर्षीय मनोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रामपुर बेलकाले जनाए अनुसार उकालोमा ब्रेक फेल भई पछाडि सरेर दुर्घटना हुंदा राईको घट्नास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा बेलका ८ का ३५ वर्षीया चरकुमारी राई, सवारी धनी बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र सोही ठाउँकी ३२ वर्षीया पिमलकुमारी राई रहेका छन्।\

घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ।दुर्घटनाको खवर पाएलगत्तै इप्रका रामपुरका निरीक्षकको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ बिपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।उनका अनुसार चरकुमारीको टाउकोमा गहिरो चोट लागेको छ भने अम्बरको हात र छातिमा चोट लागेको छ।सामान्य घाइते पिपलकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

प्रकाशित: ९ वैशाख २०७६ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App