४ वैशाख २०८१ मंगलबार
समाज

भाइरल बन्यो राष्ट्रपतिको निषेधित क्षेत्रको फोटो

अमित बनमालाको फेसबुकबाट लिइएको भाइरल तस्बिर

भक्तपुर - फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्टपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ । भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देज सम्पदास्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको हो । सामाजिक सञ्जाल फेसबुकमा फोटो भाइरल भएको हो ।

फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुर (सुनको ढोका) बाट भित्र तलेजुको प्रवेशद्वारमा खिचिएको छ । यहाँबाट भित्र तलेजु जान अनिवार्य जुत्ता खोलेर जानुपर्ने व्यवस्था छ । तस्बीरमा राष्टपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा भक्तपुर दरबार क्षेत्र आइपुग्दा खिचिएको थियो ।

कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति भण्डारीले दरबार क्षेत्रको पनि अवलोकन गरेकी थिइन् । त्यस क्रममा तस्बीर खिचिएको थियो । तस्बीरमा राष्ट्रपति भण्डारीसहित भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रदेश नं ३ का सांसद सरस्वती बाटी, आयोजक भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतका व्यक्ति छन् ।

प्रकाशित: ९ वैशाख २०७६ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App