१६ चैत्र २०८० शुक्रबार
समाज

युनिग्लोबले कानुन पढाउने

काठमाडौं – कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरियो ।

विद्यालयका प्रधानाध्यापक डा. करणसिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख

प्राडा लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता छ भन्दै युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी प्रकट गर्दै यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्नआफू तत्पर रहेको बताए ।

प्रकाशित: ९ वैशाख २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App