१५ चैत्र २०८० बिहीबार
समाज

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सोलुखुम्बु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। नेकपाले केही समय अगाडि सांसदलाई जिल्ला गएर त्यहाँको समग्र विकास योजना लिएर आउन दिएको निर्देशनअनुसार बिहीबार सांसद राईले सोलुखुम्बु जिल्लाको समग्र योजना प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।

सांसद राईले विकासका योजनामा सडकलाई पहिलो प्राथमिकतामा राखेका छन्। तिङ्लाबाट सल्यान–नेचा बिहिबारे–फुर्केसम्म सडक स्तरोन्नति र कालोपत्रे, सल्लेरी–सिलगुडीडाँडा–काँकु–बासा–जुभिङ–खरिखोला–लुक्ला पर्यटन सडक स्तरोन्नति र कालोपत्रे, नेले–देउसा–बुडिडाडा–दिप्लिघाट–सोतङ–बुङ–छेस्काम–गुदेल–साल्पा भन्ज्याङ हँुदै भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी हुँदै बिराटनगर जोड्ने अन्तर–जिल्लासडक स्तरोन्नति र कालोपत्रे, अरनिको लोकमार्गबाट दोलखा जिरी–रामेछाप बाम्तिभण्डार हुँदै अन्तरप्रदेश जोड्ने –लिखुखोला–चौलाखर्क–गोली–जस्माने भन्ज्याङ–तामाखानी–सल्लेरी सडक स्तरोन्नति र कालोपत्रेलगायतका सडकलाई प्राथमिकतामा राख्दै अनुमानित लागतसहितको रकम माग गरेका छन्।

गुदेलस्थित महाकुलुङ विमानस्थलको लागि जग्गा अधिग्रहण, मुआब्जा वितरण र निर्माणका लागि आवश्यक बजेट, दुधकोशी करिडोर अन्तर्गत दिप्लिघाटमा १३२ केभी सब–स्टेसन निर्माण, ग्रामिण विद्युतीकरणका लागि बुढिडाँडा–बुङ र जुभिङमा ३३ के.भी. सब–स्टेसन निर्माण, बर्खुघाट दुधकोशी, ओर्लाङ्घाट दुधकोशी, हुंगाखोला छेम्सिफेदी, वात्तिम दुधकोशी, रोक–दोभान हुंगाखोला, चुर्पुघाट सोलुखोला, बुङ गुदेल हुंगाखोला, भुवाखोला, लामबगर दुधकोशीलगायतका स्थानमा पुल निर्माणलगायतका विषय योजनामा समावेश गरी बजेट व्यवस्थापनको माग गरेका छन्। सिँचाइ, खानेपानी, कृषि, हिमाली सहर व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापन लगायतका विषय पनि सांसद राईका विकासका योजनामा परेका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App