१६ चैत्र २०८० शुक्रबार
समाज

साना लगानीका मिडियाको लागि १५ बुँदे रौतहट घोषणापत्र जारी

रौतहट– साना लगानीको मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र जारी गर्दै एक दिवसीय सम्मेलन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ साना लगानीका मिडियाको हकहित संरक्षण समितिको आयोजनामा रौतहटको चन्द्रपुरमा भएको प्रदेश २ स्तरीय कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको हो।

प्रदेश २ का ८ वटै जिल्लाका रेडियो एफएम, अनलाइन तथा पत्रपत्रिकाका सञ्चालक, सम्पादक तथा प्रकाशक र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजन, ब्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले पत्रकारको सक्रियता भएर मात्रै नभई त्यसमा गुणात्मक र पारदर्शीता भएमा मात्रै यो क्षेत्रको विकास हुने बताएका छन्। पत्रकारहरु अधिकारको कुरो मात्रै नगरी आफनो कर्तव्य बोध हुनु नितान्त जरुरी रहेको स्पष्ट पार्दै सभापति विडारीले साना लगानीका पत्रिका तथा पत्रिकामा लेख्ने पत्रकारहरु बास्तविक रहेको र ठूला लगानीका केन्द्रीय पत्रिका समाजको लागि नभई ब्यापारिक भएको जिकिर गरेका छन्। 

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डल सदस्य अनिलकुमार झाले मोफसलमा रहेका साना लगानीका मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापनको अभावमा पत्रिका प्रकाशन गर्नमा निकै चुनौतीपूर्ण रहेको बताए। 

कार्यक्रममा प्रदेश नम्वर २ का भौतिक तथा पूर्वाधार राज्य मन्त्री डिम्पल झाले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अत्यन्त न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै महिलाको आलंकारिक उपस्थिति मात्र हुन नसकिरहेको वर्तमान अवस्थामा गुणात्मक उपस्थिति बढाउनुपर्नेमा जोड दिइन।

कार्यक्रममा बोल्दै विभिन्न जिल्लाका सञ्चालक, प्रकाशक तथा सम्पादकहरुले प्रदेश २ मा सञ्चारप्रति स्थानीय तहको भूमिका निराशाजनक रहेको पत्रकार महासंघले समय समयमा प्रभावकारिता तालिमको ब्यवस्था गर्नु पर्ने, पत्रिका दर्ताभई प्रकाशनमा नरहेका पत्रिकाको नाम सूचना बिभागको रेकर्ड बाट हटाइनुु पर्ने माग पत्रकारहरुले अघि सारेका छन्। सरकारले साना लगानीका मिडियाहरुको मागलाई वेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

प्रदेशस्तरीय कार्यक्रममा स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका साना लगानीका पत्रपत्रिकाको प्रवर्द्धन निम्ति नियमित रुपमा क्षमता अभिबृद्धि तालिम सञ्चाल गराउन, स्थानीय तहले स्थानीय स्तरबाट संचालित मिडियाहरुमा प्राथमिकता साथ बिज्ञापन, सूचना उपलब्ध गराउनुु पर्ने जस्ता १५ बुँदे माग अघि सारेका छन्।

प्रकाशित: ७ वैशाख २०७६ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App