२३ श्रावण २०७७ शुक्रबार
समाज

दुई वटा गाडीमा आगजनी

हेटौँडा - मकवानपुरको थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका दुई स्थानमा अज्ञात समूहले दुई वटा गाडीमा आगजनी गरेको छ। जिल्लाको पालुङबाट कुखुरा बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा बिहीबार बिहानै आगजनी गरिएको प्रहरीले जनाएको छ।

आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन्। आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App