८ वैशाख २०८१ शनिबार
समाज

गुल्मीमा बन्दको प्रभाव पूर्ण, यात्रु हिडेरै गन्तव्य सम्म पुग्न बाध्य

गुल्मी  - गुल्मीमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ। नेत्रविक्रम चन्द विप्लव  नेतृत्वकाे नेकपाले गरेको बन्दको कारण गुल्मीको जनजिवन विहानैदेखि प्रभावित भएको छ।

जिल्लामा कुनै पनि सार्वजनिक र निजी सवारीसाधनहरु चलेका छैनन्। बजार,कलकारखाना उद्योग सबै बन्द छन । सडकमा मानिसहरुको उपस्थिति पनि न्यून रहेको छ।

यातायातका साधनहरु नचलेका कारण यात्रुहरु अलपत्र परेका छन। केही यात्रुहरु भने पैदल हिडेरै गन्तव्य सम्म जादै गरेका छन्।

बन्दमा जिल्लामा कुनै घटनाहरु नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । बजारदेखि ग्रामीण क्षेत्रमा समेत मोबाईल तथा पैदल र सादा पोसाकमा सुरक्षाकर्मीहरु खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक कुमार वस्नेतले जानकारी दिए ।

प्रकाशित: ५ वैशाख २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App