७ वैशाख २०८१ शुक्रबार
समाज

शाश्वत धाममा २५ लाख दर्शनार्थी

काठमाडौं – शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए।

चौधरी ग्रुपका अनुसार उनको परिवारजनसहित अन्य १० आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो। यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिस्ट सेन्टरबाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताइन्।

बुधबार २५औं लाख आगन्तुकका रुपमा शाश्वतधाम प्रवेश गरेका अन्सारीसहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो। शाश्वत धाममा २५  लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो। यहाँको वातावरण, सरसफाइ , बगैंचाले आफूलाई लोभ्याएको टिकाराम बस्यालले बताए।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो। चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले राति यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ। पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्। यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ।

नया बर्षका अबसरमा यहा“ पुजाआजागर्नेको भिड लागेको थियो। हिन्दू धर्मकामुख्यमुख्य देवी देउताको एउटै थलोमादर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ। भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पा“च दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो। महेन्द्रराजमार्ग अन्तरगतनवलपरासीको दुम्कौलीमाकरिब ८० बिगाह क्षेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ। त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन्। कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ।

मन्दिर परिसरमा बैदिककर्मकाण्ड गुरुकुल पनि संचालनमा छ। यहा“ ७२ बिद्यँर्थीले निशुल्क संस्कृत अध्ययनगर्दै आएका छन्। यहा“ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ। जहा“ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ।

प्रकाशित: ५ वैशाख २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App