८ वैशाख २०८१ शनिबार
समाज

सात सय १३ स्थानमा पुग्यो बैंक

काठमाडाैं - चालु आवको आठ महिनासम्म सात सय १३ स्थानीय तहमा बैंक शाखा पुगेको छ।

सरकारले देश संघीयतामा गएपछि अघि सारेको यो अभियानलाई सार्थकता दिन पूर्वाधार निर्माणलगायतमा सहयोग पु-याउँदै आएको छ। सरकारले २०७३/७४ देखि स्थानीय स्थानमा वाणिज्य बैंक पु-याउने अभियान थालनी भएको हो ।

प्रदेश १ को एक ३७ स्थानीय तहमा एक ३० स्थानीय तहमा बैंक शाखा पुगेको छ। प्रदेश २ मा रहेको १ सय ३६ स्थानीय तहमध्ये अब तीन स्थानमामात्र बैंक शाखा पुग्न वाँकी रहेको छ। प्रदेश तीनमा एक १९ स्थानीय तहमध्ये एक सय १४ स्थानमा बैंक शाखा पुगेको छ।

त्यसरी नै गण्डकी प्रदेशका तीन स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ भने सुदूरपश्चिमका ६ स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ। देशकै विकट मानिएको कर्णाली प्रदेशमा १४ स्थानीय तहमा बैंक शाखा पुग्न वाँकी रहेको छ। उक्त प्रदेशमा ७९ स्थानीय तह छन्, सोमध्ये ६५ स्थानमा मात्रै बैंक शाखा पुगेको छ।

प्रकाशित: ४ वैशाख २०७६ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App