coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

५० किलो गाँजासहित दुई जना पक्राउ

काठमाण्डौ – लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएकाे प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

लाजिम्पाट स्थित सुवर्ण शम्शेर मार्गमा हिडिरहेको अबस्थामा प्रहरीलाई शंका लागि चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुले बोकेको झोलाबाट २५/२५ किलो गाँजा फेला पारेको हो। उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिहेको छ।

 

प्रकाशित: ४ वैशाख २०७६ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App