१५ चैत्र २०८० बिहीबार
समाज

चन्द समूहका जिल्ला सदस्य पक्राउ

खोटाङ – खोटाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् । जिल्ला सदस्य सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । पक्राउ खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाइकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि, चन्द समूहका दुई कार्यकर्ता तुलबहादुर मगर र ऋषिराम विकले पार्टी परित्याग गरेका थिए ।

प्रकाशित: ४ वैशाख २०७६ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App